कांग्रेस महाधिवेशन : दुई घण्टामा एक हजार २९३ मत खस्यो

शुक्रबार, २३ असोज, २०८३
डिजिटल संस्करण

काठमाडौं । नेपाली कांग्रेसको नयाँ नेतृत्व चयनका लागि जारी मतदानमा दुई घण्टाको अवधिमा एक हजार २९३ मत खसेको छ। बिहान ८:३० देखि १०:३० बजेसम्मको विवरणअनुसार विभिन्न प्रदेशबाट उक्त संख्यामा मत खसेको हो।

मतदानको विवरणअनुसार कोशी प्रदेशबाट २२२, सुदूरपश्चिम र कर्णाली प्रदेशबाट संयुक्त रूपमा २५७, लुम्बिनी प्रदेशबाट २०२, गण्डकी प्रदेशबाट १८८ र बागमती प्रदेशबाट २१७ मत खसेको छ।

नेपाली कांग्रेसको नयाँ नेतृत्व चयनका लागि भइरहेको मतदान प्रक्रिया निर्वाध रूपमा अघि बढिरहेको छ। महाधिवेशन प्रतिनिधिहरूले सभापतिसहित केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्य चयन गर्न मतदान गरिरहेका छन्।

सुझावित समाचार