काठमाडौं / नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले १५औँ महाधिवेशनअन्तर्गत महामन्त्री पदमा उम्मेदवारी दर्ता गराएका छन्।
पौडेलले मंगलबार राजधानीस्थित राष्ट्रिय सभागृहमा रहेको मनोनयन दर्ता स्थल पुगेर खुला समूहबाट महामन्त्री पदमा उम्मेदवारी दर्ता गराएका हुन्।
उनी यसअघि विशेष महाधिवेशनबाट पनि नेपाली कांग्रेसको महामन्त्री पदमा चयन भएका थिए। १५औँ महाधिवेशनमा पनि उनले सोही पदमा निरन्तरता दिने उद्देश्यसहित उम्मेदवारी दिएका हुन्।