काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सभापति पदका उम्मेदवारहरूको मतगणना राष्ट्रिय सभागृहमा हुने भएको छ। मतदान सम्पन्न भएसँगै मतगणनाका लागि तयारी अघि बढाइएको निर्वाचन समितिले जनाएको छ ।
सभापति पदका लागि गगनकुमार थापा र श्यामकृष्ण खड्कीबिच प्रतिस्पर्धा छ। मतगणनाका लागि तीन स्थानमा व्यवस्था मिलाइएको छ। मतगणना स्थलमा सिसिक्यामेरा जडान गर्ने काम भइरहेको छ भने मतगणना सिसिक्यामेराको निगरानीमा गरिने निर्वाचन समितिले जनाएको छ।
शुक्रबार बिहान ८ बजेबाट सुरु भएको मतदान बेलुका १० बजे सकिएको हो।