काठमाडौं । एसिया कप राइजिङ स्टार्सको आफ्नो दोस्रो खेलमा नेपालले युएईसँग प्रतिस्पर्धा गरिरहेको छ। टस जितेर नेपालले पहिला बलिङ रोजेको छ।
१० ओभरको खेलको समाप्तिमा युएईले दुई विकेट गुमाएर ४७ रन जोडेको छ।
आजको खेलमा रासिद खान, लोकेश बम र मयन यादवले डेब्यु गरेका छन्।
पहिलो खेलमा नेपाल भारतसँग ३०६ रनको लज्जादस्पद हार व्यहोरेको थियो।