कर्णालीका होटेलको वर्गीकरण गर्न माग

शनिबार, १० असोज, २०८३
डिजिटल संस्करण

कर्णालीको होटेल वर्गीकरण गर्न र पर्यटक बोक्ने गाडीलाई छुट्टै नम्बर प्लेट प्रदान गर्न होटेल व्यवसायीले आग्रह गरेका छन् । होटेल व्यवसायी संघ सुर्खेतका अध्यक्ष प्रतिभा वलीले कर्णालीका मुख्यमन्त्री मंगलबहादुर शाहीसँगको भेटमा यस्तो माग गरेका हुन् ।

कर्णालीमा पर्यटन दशक मनाउने विषयमा भएको छलफलमा व्यवसायीले तयारी गर्नुअघि पर्यटकीय क्षेत्रसम्म जाने सडक सहज हुनुपर्ने र पर्यटकीय क्षेत्रमा जग्गा उपलब्ध गराएर लगानी भित्र्याउन पहल गर्नुपर्नेलगायतका विषयमा होटेल व्यवसायी संघ कर्णाली प्रदेशका अध्यक्ष तर्कबहादुर शाहीले सुझाव दिए ।

मुख्यमन्त्री शाहीले कर्णालीको आर्थिक विकास पर्यटन क्षेत्रसँग जोडेर गर्न सकिने र त्यसका लागि होटेल व्यवसायीको सक्रियता जरुरी रहेको बताए । उनले कर्णाली प्रदेशमा पर्यटक भित्र्याउन र पर्यटन दशक मनाउने सम्बन्धमा गर्न सकिने कामबारे होटेल व्यवसायीसँग जिज्ञासा राखेका थिए ।

सुर्खेतमा हुन लागेको दसौँ राष्ट्रिय खेलकुद हुने समयमा यहाँका होटेलहरूको व्यवस्थापनका सम्बन्धमा समेत मुख्यमन्त्री शाहीले होटेल व्यवसायी संघका प्रतिनिधिसँग छलफल गरेका थिए । 

See More On

सुझावित समाचार