काठमाडौं/ जगदम्बा मोटर्सले श्री गौरांग इजी वे ट्रायल सेन्टर, तिलोत्तमा अपाचे रेस एक्सपेरियन्स रेसिङ क्वालिफायर्सको बुटवल चरण सम्पन्न गरेको छ ।
बुटवल क्षेत्रका लागि टिभिएसको आधिकारिक डिलर बालाजी अटोमोबाइलसँगको सहकार्यमा आयोजित कार्यक्रममा क्षेत्रका उदीयमान राइडर, मोटर स्पोर्टस् प्रेमी तथा एमेच्योर रेसरहरूले व्यावसायिक रेस प्रशिक्षण र प्रतिस्पर्धात्मक रेसिङ गरेका थिए । सो क्षेत्रभरका राइडरले ग्रिडमा आफ्नो स्थान सुरक्षित गर्न होडबाजी गरेपछि ७६ जना सहभागी पुगेसँगै दर्ता प्रक्रिया रोक्नुपरेको थियो । कार्यक्रममा सहभागीले नेपालका दुई उत्कृष्ट रेसर सुजन थापामगर र नवाङ मोक्तानबाट प्रशिक्षण लिएका थिए ।
प्रशिक्षणपछि १६० सिसी वर्गको प्रतिस्पर्धात्मक रेसको शीर्ष तीनमा पर्न राइडरले कडा प्रतिस्पर्धा गरेका थिए । बुटवलका फाइनलिस्टहरू १६० सिसी वर्गमा विजेता धीरज बिक, प्रथम उपविजेता अभिषेक पन्थी र द्वितीय उपविजेता अरिक श्रेष्ठ भएका छन् । यी तीन राइडरले एआरई–जिपी ग्रान्ड फिनालेमा बुटवलको प्रतिनिधित्व गर्नेछन्न् ।