‘महालक्ष्मी महा सोमबार’ योजना सञ्चालन

सोमबार, १९ असोज, २०८३
प्रिन्ट संस्करण

काठमाडौं/महालक्ष्मी विकास बैंकले डिजिटल कारोबार प्रवद्र्धन गर्न, नगदरहित बैंकिङ कारोबारलाई बढावा दिन ‘महालक्ष्मी महा सोमबार’ सञ्चालन गर्ने भएको छ ।

योजनाअन्तर्गत बैंकका डेबिट तथा क्रेडिट कार्डवाहक ग्राहकले हरेक सोमबार अनलाइन सामान खरिद गर्दा विशेष छुट प्राप्त गर्न सक्नेछन् । बैंकका डेबिट कार्ड लिएका ग्राहकले दराजमार्फत न्यूनतम एक हजार नौ सय ९९ बराबरको सामान खरिद गर्दा १० प्रतिशत वा अधिकतम सात सय ५० रुपैयाँ छुट प्राप्त गर्नेछन् ।

त्यस्तै, क्रेडिट कार्ड लिएका ग्राहकले न्यूनतम एक हजार नौ सय ९९ बराबरको सामान खरिद गर्दा १५ प्रतिशत वा अधिकतम एक हजार रुपैयाँ छुट प्राप्त गर्नेछन् । 

सुझावित समाचार