काठमाडौं/ नेपालमा बाल क्यान्सर उपचारका लागि थप प्रभावकारी समन्वय, पहुँच विस्तार तथा अझ एकीकृत राष्ट्रिय दृष्टिकोण अवलम्बन गर्न आह्वान गरिएको छ ।
विश्व बाल क्यान्सर, रमेश गुप्ता मेमोरियल ट्रस्ट र टिएसिसीको संयुक्त आयोजनामा काठमाडौंमा भएको ‘राष्ट्रिय बाल क्यान्सर उपचार तथा सरोकारवाला सहभागिता गोष्ठी’ले यस्तो आह्वान गरेको हो ।
गोष्ठीमा नेपालमा बाल क्यान्सर उपचारका क्षेत्रमा भएका प्रगतिको समीक्षा गरिएको थियो । साथै, रोगको प्रारम्भिक पहिचान, समयमै स्वास्थ्य संस्थामा पठाउने व्यवस्था, उपचारमा समान पहुँच, आवश्यक औषधि तथा परीक्षण, सहायक उपचार, पोषण, मनोसामाजिक सेवा, परिवार सहयोग, उपचारपछिको जीवन तथा उपचारको परिणाम मापनलगायतका क्षेत्रमा अझै रहेका चुनौतीबारे छलफल गरिएको थियो ।