रोयल इन्फिल्डको ‘वन राइड’

शुक्रबार, ९ असोज, २०८३
डिजिटल संस्करण

रोयल इन्फिल्ड नेपालले आयोजना गरेको ‘वन राइड’मा देशभरबाट १५ सयभन्दा बढी राइडर सहभागी भएका छन् । बुधबार देशभरका विभिन्न स्थानमा एकैसाथ आयोजना गरिएको यस राइडमा काठमाडौंमा मात्रै ६ सयभन्दा बढी राइडर सहभागी भएको कम्पनीले जानकारी दिएको छ । 

काठमाडौंको राइड कमलादीस्थित प्रज्ञा भवनबाट सुरु भई गोदावरीस्थित बेस्ट वेस्टर्न प्लसमा पुगेर सम्पन्न भएको थियो । देशभरका २२ वटा अधिकृत डिलर लोकेसनबाट राइडरहरू यस कार्यक्रममा सहभागी भएका थिए । 

राइडकै अवसरमा रोयल इन्फिल्ड नेपालले डाउन सिन्ड्रोम एसोसिएसन नेपाललाई दुई लाख रुपैयाँ सहयोग गरेको छ । उक्त सहयोग रकमको चेक अल्फा अटोमोटिभ प्रालिका निर्देशक मेघराज पौडेलले डाउन सिन्ड्रोम एसोसिएसन नेपालका प्रेसिडेन्ट रमेश तामाङ, भाइस प्रेसिडेन्ट डा. प्रभा मैनाली र आरके सिंहलाई हस्तान्तरण गरे । 

निर्देशक पौडेलले राइडिङलाई केवल मोटरसाइकल र यात्रासँग मात्र सीमित नराखी सामाजिक उत्तरदायित्व र समुदायसँगको सहकार्यसँग जोड्दै लैजाने बताए । 
राइडमार्फत देशका विभिन्न स्थानमा रहेका रोयल इन्फिल्ड राइडर तथा राइडर कम्युनिटीलाई एउटै प्लाटफर्ममा जोड्ने, अनुभव आदानप्रदान गर्ने तथा सुरक्षित र जिम्मेवार राइडिङ संस्कृतिलाई प्रोत्साहन गर्ने उद्देश्य रहेको कम्पनीले जनाएको छ ।

सुझावित समाचार