सर्ने भयो नेकपाको एकता महाधिवेशन

नयाँ कार्यतालिका बनाउन प्रचण्डले बोलाए केन्द्रीय कार्यसंयोजन समिति बैठक

मंगलबार, ६ असोज, २०८३
डिजिटल संस्करण

नेपाली कम्युनिस्ट पार्टीको मंसिरको महाधिवेशन कार्यतालिका प्रभावित भएको छ । ११–१५ मंसिरमा काठमाडौंमा एकता राष्ट्रिय महाधिवेशन आयोजना गर्ने कार्यतालिका भए पनि भोटेकोशी बाढीलगायतका कारण कार्यान्वयन हुन नसकेको नेकपाले जनाएको छ ।

नेकपाको भ्रातृ संगठनको समायोजन र तल्ला तहका अधिवेशन पनि प्रभावित भएका छन् । कार्यतालिका प्रभावित भएपछि नयाँ तालिकाबारे छलफल गर्न संयोजक पुष्पकमल दाहाल प्रचण्डले केन्द्रीय कार्यसंयोजन समितिको बैठक बोलाएका छन् । मंगलबार दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने गरी बैठक बोलाइएको छ । नेकपा केन्द्रीय कार्यसयोजन समिति ४५ सदस्यीय छ ।

बैठकमा महाधिवेशन, अधिवेशनको परिमार्जित कार्यतालिकाबारे छलफल हुने प्रवक्ता प्रकाश ज्वालाले बताए । ‘बाढीपहिरोलगायत विभिन्न कारणले अधिवेशन, महाधिवेशन कार्यतालिका प्रभावित भयो । पहिलेको कार्यतालिका कार्यान्वयन नभएपछि परिमार्जित कार्यतालिकाबारे बैठकमा छलफल हुन्छ,’ उनले भने ।

गत वैशाखमा बसेको केन्द्रीय कार्यसंयोजक समिति बैठकले आगामी मंसिरमा एकता राष्ट्रिय महाधिवेशन गर्ने निर्णय गरेको थियो । सोहीअनुसार कार्यतालिका सार्वजनिक भएको थियो । साउन मसान्तसम्म पार्टी सदस्यता नवीकरण तथा नयाँ सदस्य विस्तार अभियान सञ्चालन गर्ने, १५ भदौसम्म वडा तहका अधिवेशन सम्पन्न गर्ने, भदौ मसान्तसम्म पालिका तहका अधिवेशन सम्पन्न गर्ने कार्यतालिका थियो । असोज मसान्तसम्म जिल्लास्तरका अधिवेशन सम्पन्न गर्ने, १५ कात्तिकसम्म प्रदेशस्तरका अधिवेशन सम्पन्न गर्ने र ११–१५ मंसिरमा एकता राष्ट्रिय महाधिवेशन गर्ने कार्यतालिका थियो ।

सदस्यता नवीकरण, भोटेकोशी बाढीले पारेको असर, पार्टीले गरेका कामलगायतको समीक्षा पनि बैठकमा हुने भएको छ । ‘बाढी प्रभावितलाई राहत, पुनर्स्थापना र पुनर्निर्माणको सवालमा के गर्ने भन्ने दिशानिर्देश बैठकले गर्नेछ । साथसाथै सरकारले गरेका गतिविधि, कामहरूको बारेमा पनि बैठकमा छलफल हुन्छ । सदन र सडक दुवै मोर्चाबाट सशक्त भूमिका खेल्ने गरी रणनीति बैठकले बनाउँछ,’ ज्वालाले भने ।

११–१५ मंसिरमा महाधिवेशन गर्ने यस्तो थियो कार्यतालिका

सुझावित समाचार