पब्जी मोबाइल गेमिङको ठुलो प्रतियोगिताका रूपमा पिएमजिओ साउथ एसिया फाइनल्स २०२६ काठमाडौंमा जारी छ। भदौ ३१ गतेदेखि दशरथ रंगशालाको कभर्ड हलमा चलिरहेको प्रतियोगिता असोज ३ गतेसम्म सञ्चालन हुनेछ।
प्रतियोगिताको मुख्य प्रायोजकका रूपमा एक्स्ट्रिम इनर्जी ड्रिंक रहेको छ। एक्स्ट्रिम इनर्जी ड्रिंक पिएमजिओ साउथ एसिया फाइनल्सले नेपालमा गेमिङ तथा ई–स्पोर्टसप्रति बढ्दो आकर्षणलाई थप उत्साह प्रदान गर्ने अपेक्षा गरिएको छ।
प्रतियोगिताका क्रममा दर्शक तथा सहभागीका लागि एक्स्ट्रिम इनर्जी ड्रिंक एक्सपेरेन्स जोनसमेत सञ्चालन गरिएको छ। दर्शक तथा सहभागीका लागि उक्त क्षेत्रमा विभिन्न मनोरञ्जनात्मक खेल, चुनौतीपूर्ण गतिविधि, प्रतियोगिता, फोटो खिच्ने अवसर तथा तत्काल उपहार वितरणजस्ता कार्यक्रम भइरहेका छन्।