एनआइसी एसिया क्यापिटल लिमिटेडले थप सामूहिक लगानी कोष (म्युचुअल फन्ड) निष्कासन गर्ने भएको छ । क्यापिटलले ७ असोजदेखि ‘एनआइसी एसिया इक्विटी अपर्चुनिटी फन्ड’ निष्कासनमा ल्याउन लागेको हो । १० वर्ष अवधिको यो योजना एनआइसी एसिया बैंक म्युचुअल फन्डअन्तर्गत सञ्चालन हुनेछ ।
क्यापिटलका अनुसार योजनाको प्रतिइकाइ १० रुपैयाँ अंकित दरमा ८० करोडबराबरको आठ करोड इकाइ बिक्रीमा ल्याइनेछ । निष्कासन हुने कुल इकाइमध्ये कुल बिक्री भएको इकाइको १५ प्रतिशत वा एक करोड २० लाख इकाइ कोष प्रवर्द्धक एनआइसी एसिया बैंकलाई सुरक्षित गरी बाँकी ६ करोड ८० लाख इकाइ सर्वसाधारणलाई बिक्री गरिनेछ ।
उक्त फन्डका लागि न्यूनतम एक सय र अधिकतम एक करोड इकाइसम्म आवेदन दिन सकिनेछ । आवेदन १३ असोजसम्म दिन सकिनेछ । तोकिएको समयमा पर्याप्त आवेदन नपरेको खण्डमा २१ गतेसम्म म्याद थप हुनेछ । फन्डको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक एनआइसी एसिया क्यापिटल लिमिटेड रहेको छ ।