सुनको मूल्य बढ्यो

आइतबार, २८ भदौ, २०८३
डिजिटल संस्करण

स्थानीय बजारमा आज सुनको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य प्रतितोला एक हजार दुई सय रुपैयाँले वृद्धि भएर तीन लाख दुई हजार दुई सय रुपैयाँ कायम भएको छ।

गत शुक्रबार सुन प्रतितोला तीन लाख एक हजार रुपैयाँमा कारोबार भएको थियो। आजको वृद्धिसँगै सुनको मूल्य हालसम्मकै उच्च तहमा पुगेको हो।

यस्तै, चाँदीको मूल्य पनि आज बढेको छ। महासंघका अनुसार चाँदी प्रतितोला ६० रुपैयाँले बढेर चार हजार ६६० रुपैयाँ पुगेको छ।

गत शुक्रबार चाँदी प्रतितोला चार हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो।

सुझावित समाचार