जेन–जी आन्दोलनका सहिदहरूको सम्झनामा आज देशभर ‘जेन–जी सहिद दिवस’ मनाइँदै छ। आन्दोलनको एक वर्ष पुगेकाे अवसरमा नयाँ बानेश्वरस्थित पुरानो संसद् भवनको प्रांगणमा जेन–जी सहिद कल्याणकारी समाजले स्मृति दिवस कार्यक्रम आयोजना गरेको छ।
कार्यक्रममा गृहमन्त्री सुधन गुरुङ प्रमुख अतिथिका रूपमा सहभागी भएका छन्। कार्यक्रममा सरकारका विभिन्न मन्त्री, सांसद तथा अन्य सहभागीहरूको उपस्थिति रहेको छ।
सरकारले जेन–जी आन्दोलन भएको २३ भदौलाई ‘जेन–जी सहिद दिवस’ घोषणा गर्दै आज देशभर सार्वजनिक बिदा दिएको छ।
हेर्नुस् तस्बिरहरू :
2026-09-08-04-10-51.jpeg)
2026-09-08-04-10-46.jpeg)
2026-09-08-04-10-41.jpeg)
2026-09-08-04-10-35.jpeg)
2026-09-08-04-10-29.jpeg)
2026-09-08-04-10-22.jpeg)
2026-09-08-04-10-12.jpeg)
2026-09-08-04-09-17.jpeg)
2026-09-08-04-09-10.jpeg)