राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट भएको क्षति तथा उद्धार र राहतका विषयमा छलफल गर्न सर्वदलीय बैठक आह्वान गरेका छन्।
बैठक बिहीबार बिहान ९ बजे सिंहदरबारस्थित रास्वपाको संसदीय दलको कार्यालयमा बस्ने रास्वपाका प्रवक्ता जगदीश खरेलले जानकारी दिएका छन् ।
उनका अनुसार बैठकमा बाढीबाट भएको क्षति, बेपत्ताको खोजी, उद्धार, राहत तथा पुनर्स्थापनाका विषयमा राजनीतिक दलहरूबिच छलफल हुनेछ ।