बडीमालिका क्षेत्रमा पुग्यो फोरजी सेवा र इन्टरनेट

मंगलबार, ९ भदौ, २०८३
डिजिटल संस्करण

सुदूर तथा कर्णालीकै एक मात्र धार्मिक तथा पर्यटकीय क्षेत्र बाजुरामा रहेको बडीमालिका क्षेत्रमा सोमबार दिउँसोदेखि फोरजी सेवा सञ्चालनमा आएको छ । नेपाल टेलिकमले टावर निर्माण गरेसँगै फोरजी सेवा सञ्चालनमा आएको हो । 

नेपाल टेलिकम बाजुराका प्रमुख इन्जिनियर ईश्वर सिंहका अनुसार बडीमालिकाको लौडीविनायकमा टावर निर्माण तथा जडानकार्य सम्पन्न भएको छ । साथै सोमबार दिउँसोबाट सेवाग्राहीले फोरजी सेवा पनि लिइसकेका छन् ।

टावर जडानका लागि यही ३ भदौमा टेलिकमको प्राविधिक टोली बडीमालिकामा पुगेको थियो । भौगोलिक विकटता र सडक सञ्जालको अभावका कारण स्थलमार्गबाट उपकरण पुर्याउन कठिन भएपछि २६ साउनमा हेलिकोप्टरमार्फत उपकरण सामग्री बडीमालिकाको त्रिवेणी पाटनमा ढुवानी गरिएको थियो ।

त्रिवेणी पाटनबाट जडानस्थलसम्म करिब चार हजार किलोग्राम उपकरण तथा अन्य सामग्री जनशक्तिमार्फत बोकेर लिन बडीमालिका नगरपालिकाले टोली खटाएको थियो ।

यसअघि सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले नेपाल टेलिकमलाई तत्काल बडीमालिका क्षेत्रमा टेलिफोन तथा इन्टरनेट सेवा विस्तारका लागि आवश्यक प्रक्रिया अघि बढाउन निर्देशन दिएका थिए ।

See More On

सुझावित समाचार