हुन्डाईका दुई गाडी सार्वजनिक गरिएको छ । नेपालका लागि हुन्डाईका आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले हुन्डाई मेड–इन नेपाल भेन्यु र भेन्यु एन लाइन सार्वजनिक गरेको हो । नयाँ डिजाइन, उन्नत प्रविधि, उत्कृष्ट प्रदर्शन र सुरक्षासहित नयाँ भेन्युले कम्प्याक्ट एसयुभी सेग्मेन्टमा नयाँ अनुभव प्रदान गर्ने कम्पनीले जनाएको छ ।
मेड इन नेपाल भेन्यु सशक्त र आकर्षक डिजाइनसहित प्रस्तुत गरिएको छ । यसमा ट्विन हर्न, एलइडी डिआरएलएस, होराइजन एलइडी रियर ल्याम्प र ६ वटा एयरब्याग छन् । यो १.२ लिटर र एक लिटर टर्बो पेट्रोल इन्जिन विकल्पमा उपलब्ध हुने बताइएको छ । त्यसैगरी, भेन्यु एन लाइनले भेन्यु लाइनअपमा थप स्पोर्टी र विशिष्ट शैली प्रस्तुत गर्ने दाबी कम्पनीको छ । यसमा एन–ब्रान्डेड सिट, अलोई ह्विल, सिग्नेचर रेड हाइलाइट्ससहित बोडी कलर क्लेडिङ तथा विशिष्ट एन लाइन स्टाइलिङ इलिमेन्ट रहेका छन् ।
कम्पनीका अनुसार मेड इन नेपालको सुरुवाती मूल्य ४८ लाख ९६ हजार तोकिएको छ भने भेन्यू एन लाइको ६७ लाख ९६ हजार तोकिएको छ । यी दुवै नेपालभरका हुन्डाई सोरुमा उपलब्ध हुने कम्पनीको भनाइ छ ।