कैलाली र कञ्चनपुरबाट भरुवा बन्दुक बरामद

बिहिबार, २५ असार, २०८३
डिजिटल संस्करण

प्रहरीले कैलाली, कञ्चनपुरबाट भरुवा बन्दुक बरामद गरेको छ। प्रहरीले गैरकानुनी रूपमा राखिएका भरुवा बन्दुक बरामद गरेको हो । कैलालीको सामुदायिक वन र कञ्चनपुरको एक व्यक्तिका घरबाट भरुवा बन्दुक बरामद गरेको प्रहरीले जनाएको छ । 

कैलाली गाउँपालिका– ५, पवेरा सामुदायिक वनभित्र लुकाइछिपाई राखेको एक थान भरुवा बन्दुक बरामद गरेका कैलाली प्रहरीले जनाएको छ। सिकारीजन्य गतिविधिका लागि उक्त हतियार वनमा लगेको प्रहरीले जनाउँदै हतियार किन कसले के प्रयोजनार्थ राखेकोबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता टेकबहादुर रावतले कृष्णपुर नगरपालिका– ९, पिपरैयाका जोकराम रानाको घरबाट एक थान भरुवा बन्दुक बरामद गरेको बताए । प्रवक्ता रावतका अनुसार जोकराम रानासहित उनकी श्रीमती जानकी रानालाई समेत पक्राउ गरेको छ।

लागुऔषध बरामद गर्न गएका प्रहरीले रानाको घर खानतलासीका क्रममा खाली बन्दुकसहित लागुऔषध पनि बरामद गरेको उनले बताए। ०.७८ग्राम खैरोहिरोइन ८० ग्राम गाँजा बरामद गरिएको छ। लागुऔषध र अवैध हतियार बरामद गरिएका रानादम्पतीविरुद्ध प्रहरीले हातहतियार खरखजना र लागुऔषध कारोबारविरुद्ध मुद्दा दायर गर्ने तयारी गरेको छ। सुदूरपश्चिम तराईका जिल्ला कैलाली, कञ्चनपुरमा लागुऔषधको बिगबिगी बढेसँगै प्रहरी सक्रिय भएको छ। 
 

सुझावित समाचार