नेपाल बैंक र एनसिएचएलबिच नेपाल पेमा आबद्ध हुन सम्झौता

बुधबार, २४ असार, २०८३
डिजिटल संस्करण

नेपाल बैंक र नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसिएचएल)बिच नेसनल पेमेन्ट स्विचअन्तर्गत नेसनल कार्ड स्विच र नेपाल पे कार्ड{को प्रिन्सिपल मेम्बरसिपका लागि सम्झौता भएको छ ।

सम्झौपत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत तिलकराज पाण्डेय तथा एनसिएचएलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नीलेशमानसिंह प्रधानले हस्ताक्षर गरेका हुन् । सम्झौतापश्चात् बैंकले एनपिएस–एनसिएसमा एकीकृत गरेपछि ग्राहकलाई नेपालपे कार्ड जारी गर्न तथा उक्त कार्डको कारोबार एक्सेप्ट गर्न सक्नेछ । 

एनसिएचएलले नेपाल पे व्यावसायिक रोलआउट सुरु गरेपछि अन्तर्राष्ट्रिय नेटवर्क डिस्कभरसँगको सहकार्यमा नेपालपे कार्ड विश्वव्यापी रूपमा प्रयोग गर्न सकिने बताइएको छ । एनपिएसअन्तर्गत नेपालपे सञ्चालनमा आएसँगै बैंक तथा वित्तीय संस्था, भुक्तानी सेवाप्रदायक र भुक्तानी प्रणाली सञ्चालकले जारी गर्ने नेपालपे कार्ड नेपाल तथा विदेशमा रहेका एटिएम र पिओएस टर्मिनलमा समेत प्रयोग गर्न सकिनेछ । 

एनपिएस–एनसिएसलाई विभिन्न कार्ड स्विचबिच अन्तरआबद्धता कायम गर्दै डोमेस्टिक कार्ड कारोबारको राउटिङ र सेटलमेन्टका लागि सेन्ट्रल कार्ड स्विचका रूपमा स्थापना भएको हो ।

सुझावित समाचार