नाडेप लघुवित्तको ११औँ वार्षिक साधारणसभा सम्पन्न

मंगलबार, २३ असार, २०८३
डिजिटल संस्करण

नाडेप लघुवित्त वित्तीय संस्थाको ११औँ वार्षिक साधारणसभा सोमबार नौविसे एग्रो रिसोर्ट धादिङमा सम्पन्न भएको छ। सञ्चालक समितिका अध्यक्ष पीताम्बरप्रसाद आचार्यले अध्यक्षता गरेको साधारण सभामा प्रमुख कार्यकारी अधिकृत  दीर्घबहादुर अर्यालले स्वागत मन्तव्य राखेका थिए।

आचार्यले हाल वित्तीय क्षेत्रमा प्रतिकूल अवस्था रहे पनि आगामी दिनमा सहज परिस्थितिको अपेक्षा गर्दै ग्राहकलाई थप गुणस्तरीय सेवा प्रदान गर्दै सेयरधनीको अपेक्षा पूरा गर्न संस्था कटिबद्ध रहेको बताए।

वार्षिक साधारणसभाबाट आ.व. ०८१/८२ को वार्षिक प्रतिवेदन तथा आव. ०८२/८३ का लागि कुबेर एन. भट्टराई एन्ड को.लाई लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित भएको छ। सभाले संस्थागत सेयरधनीका तर्फबाट प्रतिनिधित्व गर्ने चार र सर्वसाधारण सेयरधनीबाट प्रतिनिधित्व गर्ने रिक्त एक सञ्चालक चयन गरेको छ।

संस्थागत सेयरधनी प्रतिनिधितर्फ टेकराज भट्ट (नविल बैंक), भेषराज गौतम (लुम्बिनी विकास बैंक), कृष्णप्रसाद न्यौपाने (डिप्रोक्स नेपाल) र डा. भृगुऋषि दुवाडी तथा सर्वसाधारण सेयरधनी प्रतिनिधितर्फ सीता लुइँटेल निर्वाचित भएका हुन्।

सुझावित समाचार