लुम्बिनीको बजेटमा लफडा : प्रदेश सभा बैठक अनिश्चित

बिहिबार, ११ असार, २०८३
डिजिटल संस्करण

लुम्बिनीमा सत्तापक्षकै सांसदहरूले बजेटको विरोधमा उत्रिएपछि प्रदेश सभा बैठक अनिश्चित भएको छ। आज बिहीबार  सभामुख तुलाराम घर्तीमगरको निर्देशनमा जारी सूचनाअनुसार बैठक अर्काे सूचना नभएसम्मका लागि स्थगित भएको छ ।

प्रदेशसभा सचिव दुर्लभकुमार पुनमगरका अनुसार आठौँ अधिवेशनको एघारौँ बैठक बिहीबार दिउँसो १ बजेलाई बोलाइएकोमा अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको छ ।

प्रदेश सरकारले सार्वजनिक गरेको बजेटमा केही सत्तापक्षका सांसदहरूसहित विपक्षी दलका सांसदहरूले विरोध जनाएपछि प्रदेश सभा बैठक नियमित हुन सकेको छैन।

सुझावित समाचार