राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशन चितवनमा जारी छ । नयाँ नेतृत्व चयनका लागि आज विद्युतीय मतदान हुँदै छ । निवर्तमान सभापति रवि लामिछानेले पुनः सभापति पदमा उम्मेदवारी दर्ता गरेका छन् । उनको प्रस्तावकमा वरिष्ठ नेता बालेन्द्र शाह छन् भने ५१ जना प्रतिनिधिले समर्थन गरेका छन् । ९९ केन्द्रीय सदस्य पदका लागि साढे तीन सयभन्दा धेरैको उम्मेदवारी दर्ता भएको छ । अहिले उम्मेदवारहरूले भोट मागिरहेका छन् । यसका लागि ८० वटा विद्युतीय मेसिन प्रयोग गरिनेछ । मतदान सम्पन्न भएको दुई घण्टापछि नतिजा सार्वजनिक गरिनेछ । केन्द्रीय सदस्यको निर्वाचनपछि पदाधिकारीको निर्वाचन हुनेछ । पदाधिकारीमा उम्मेदवार बन्न केन्द्रीय सदस्य निर्वाचित हुनुपर्छ ।












