सुर्खेतमा पक्राउ परेका पूर्वमन्त्री विष्णु पौडेललाई माइक्रोमा काठमाडौं ल्याइयो (फोटोफिचर)

मंगलबार, ९ असार, २०८३
डिजिटल संस्करण

करोडौँको संदिग्ध आर्थिक कारोबार र सम्पत्तिको स्रोत नखुलेपछि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले एमालेका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेललाई पक्राउ गरेर काठमाडौं ल्याएको छ । पार्टीको कार्यक्रममा सहभागी हुन सोमबार सुर्खेत पुगेका पौडेललाई  प्रहरीले सोमबारै सुर्खेतको वीरेन्द्रनगरबाट नियन्त्रणमा लिएको हो ।

सोमबार दिउँसाे पक्राउ परेका उनलाई साँझ नेपालगन्ज पुर्‍याएर प्रहरीको तालिम केन्द्रमा राखिएको थियो । मंगलबार सार्वजनिक यातायात माइक्रो बसमा चढाएर काठमाडौं ल्याइएको हो । 
तस्बिरहरू 

सुझावित समाचार