रास्वपाको केन्द्रीय सदस्यमा सस्मित पोखरेलको उम्मेदवारी

सोमबार, ८ असार, २०८३
डिजिटल संस्करण

चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशनअन्तर्गत शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले केन्द्रीय सदस्य पदका लागि उम्मेदवारी दिएका छन्।

पोखरेलले सामाजिक सञ्जालमार्फत उम्मेदवारी घोषणा गर्दै पार्टीको सिद्धान्त, मूल्य र अभियानलाई अझ प्रभावकारी ढंगले अघि बढाउन इमानदारीपूर्वक काम गर्ने प्रतिबद्धता जनाएका छन्।

उनले पार्टीका नेता, कार्यकर्ता तथा महाधिवेशन प्रतिनिधिहरूसँग विश्वास र समर्थनको अपेक्षा पनि गरेका छन्।

रास्वपाले पहिलो महाधिवेशनमार्फत नयाँ नेतृत्व चयन गर्ने प्रक्रिया अघि बढाइरहेको छ। यसक्रममा विभिन्न पदका लागि उम्मेदवारी दर्ता हुने क्रम जारी छ।

सुझावित समाचार