राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को ऐतिहासिक प्रथम महाधिवेशन आजदेखि चितवनमा सुरु हुँदै छ । चार हजारभन्दा बढी प्रतिनिधि सहभागी हुने महाधिवेशनले पार्टीको नयाँ नेतृत्व चयन गर्नुका साथै विधान संशोधन, संगठनात्मक पुनर्संरचना र भावी राजनीतिक कार्यदिशा तय गर्नेछ ।
पार्टीको भावी नेतृत्व, संगठनात्मक संरचना र राजनीतिक दिशाबारे निर्णायक मानिने महाधिवेशनमा हजारौँ प्रतिनिधि र नेताका उपस्थिति हुँदै छन् । महाधिवेशनका लागि सभापति रवि लामिछाने शनिबार नै चितवन आइपुगिसकेका छन् भने प्रधानमन्त्री एवं पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह आइतबार दिउँसो साढे १२ बजे भरतपुर आइपुग्ने कार्यतालिका छ । शाह महाधिवेशन अवधिसम्म बस्ने तय भएको छ ।
भरतपुरस्थित गेस्टहाउस चौरमा दिउँसो दुई बजे सभापति रवि लामिछाने र वरिष्ठ नेता एवं प्रधानमन्त्री बालेन शाहले संयुक्त रूपमा घण्टी बजाएर महाधिवेशनको उद्घाटन गर्नेछन् । अहिले रास्वपाका नेता तथा कार्यकर्ता मञ्च निर्माणमा जुटिरहेका छन् । महाधिवेशन स्थलमा सुरक्षा व्यवस्था अत्यन्तै कडा पारिएको छ ।
यस्तो छ प्रथम महाधिवेशन स्थलको माहोल
2026-06-21-11-03-39.jpeg)
2026-06-21-11-03-48.jpeg)
2026-06-21-11-03-56.jpeg)
2026-06-21-11-04-04.jpeg)
2026-06-21-11-04-12.jpeg)
2026-06-21-11-04-33.jpeg)
2026-06-21-11-04-41.jpeg)
2026-06-21-11-04-51.jpeg)
2026-06-21-11-05-02.jpeg)
2026-06-21-11-05-11.jpeg)
2026-06-21-11-05-21.jpeg)
2026-06-21-11-05-31.jpeg)
