वार्षिकोत्सवमा गुहेश्वरी मर्चेन्टले गर्‍यो खाद्यान्न सामग्री सहयोग

आइतबार, ३१ जेठ, २०८३
डिजिटल संस्करण

गुहेश्वरी मर्चेन्ट बैंकिङ एन्ड फाइनान्स २४औँ वर्ष पूरा गरी २५औँ वर्षमा प्रवेश गरेको छ । फाइनान्सले वार्षिकोत्सवको अवसर पारी बुङमती, ललितपुरस्थित अपांग सेवा संघलाई खाद्यान्न सामग्री उपलब्ध गराएको छ । फाइनान्सले विगत आठ वर्षदेखि सो संस्थालाई खाद्यान्न सहयोग गर्दै आइरहेको छ । 

सोही अवसरमा नेपाल रेडक्रस सोसाइटीको सहयोगमा रक्तदान कार्यक्रम पनि गरेको छ । साथै, गुहेश्वरी डेन्टल मल्टिस्पेसियालिटी एन्ड इम्प्लान्ट्स हबको प्राविधिक सहयोगमा निःशुल्क दन्त स्वास्थ्य शिविरसमेत गरेको संस्थाले जनाएको छ ।

संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत यस संस्थाले विगत वर्षदेखि नै वित्तीय साक्षरता तथा सामाजिक कार्यमा सहभागिता जनाउँदै आइरहेको छ । यो संस्थाले देशभरका २३ वटा शाखा कार्यालय, चार विस्तारित काउन्टरबाट सेवा प्रदान गर्दै आएको छ । 

सुझावित समाचार