गृहमन्त्री सुधन गुरुङले नारायणहिटी दरबार हत्याकाण्डको फाइल पुनः खोल्ने निर्णय गरेका छन्। मंगलबार पदभार सम्हाल्दै गृहमन्त्री गुरुङले दरबार हत्याकाण्डका फाइल खोल्ने निर्णय गरेका हुन्।
‘२०५८ जेठ १९ गते भएको नारायणहिटी राजदरबार हत्याकाण्डका सम्बन्धमा यसअघि भएका अनुसन्धान प्रतिवेदन अध्ययन गरी थप छानबिनको प्रक्रिया अघि बढाउने,’ निर्णय सुनाउँदै गृहमन्त्रीले भने।