उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले नयाँ दलको विकल्प पुरानो दल हुन नसक्ने बताएका छन्। वर्तमान सरकार सफल होस् भन्ने आफूहरूको चाहना भए पनि रास्वपाले गरिबका लागि काम गर्न नसकेको घिसिङको टिप्पणी छ।
प्रतिनिधिसभाको चुनावका समयमा समय अभाव र विभिन्न षड्यन्त्रका कारण पार्टीले नजितेको तर्क गर्दै उनले आगामी स्थानीय तह र प्रदेशको निर्वाचनमा उज्यालो नेपालले जरा गाड्ने दाबी गरे।
अब निलो क्रान्तिको विकल्पमा आफूहरूले हरित क्रान्ति गर्ने उल्लेख गर्दै घिसिङले भने, ‘नयाँको विकल्प फेरि पनि पुरानो हुन सक्दैन। नयाँको विकल्प नयाँ नै हुन्छ, त्यो भनेको उज्यालो नेपाल पार्टी मात्रै हो।’
शिक्षा, स्वास्थ्य र विद्युतमा भ्याट लगाएर सरकार उल्टो बाटोमा हिँडेको टिप्पणी गर्दै उनले थप भने, ‘बजेटमा केही राम्रा कुराहरू पनि छन्, तर जुन हिसाबले मध्यम वर्ग र माथिल्लो वर्गलाई मात्रै बेनिफिट गर्ने र गरिब जनतालाई यो बजेटले कुनै सम्बोधन गरेको देखिँदैन।’