उपत्यकामा व्यायाम केन्द्रसहितका पार्कमा सर्वसाधारणको बिहानबिहानै भिड लाग्ने गरेको छ । महानगरले खोलाकिनाराका पार्कहरूमा व्यायाम उपकरण राखेसँगै सर्वसाधारणले त्यसबाट लाभ लिइरहेका छन् । राजधानीका विभिन्न स्थानका खोलाकिनारामा बनेका पार्कहरूमा बिहानीपख शारीरिक व्यायाम र योगा गर्न सर्वसाधारणको भिड नै लाग्ने गरेकाे छ । यसरी स्वस्थ मानिसले नियमित बिहानको समयमा शारीरिक व्यायाम र योगा गर्दा मुटु स्वस्थ राख्न सकिन्छ। तौल नियन्त्रण हुन्छ । कोलेस्ट्रोल, मधुमेहजस्ता रोग लाग्ने खतरा कम हुन्छ । उच्च रक्तचाप सामान्य हुन्छ । चिन्ताबाट मुक्ति गराइन्छ । शरीरलाई ऊर्जा मिल्छ । कार्यमा परिवर्तन ल्याउँछ । अनिद्रा रोकथाम हुन्छ।
हेर्नुहोस् केही तस्बिरहरू:












