वीरगन्जका मेयर राजेशमान सिंहलाई पर्सा जिल्ला अदालतले धरौटीमा रिहा गर्न आदेश दिएको छ। जिल्ला न्यायाधीश गायत्री रेग्मीले नगरप्रमुख सिंहलाई चार लाख १५ हजार धरौटीमा छाडन आदेश गरेकी हुन्।
जिल्ला अदालतका स्रेस्तेदार प्रभाकर मल्लिकका अनुसार लिखतसम्बन्धी कसुरमा चार लाख र झुटा विवरण पेस गरी नागरिकता बनाएको आरोपमा १५ हजार धरौटी माग भएको हो।
सरकारी लिखत किर्ते, झुट्टा विवरण पेस गरी नागरिकता बनाएको तथा राहदानीसम्बन्धी कसुरमा नगरप्रमुख सिंहसहित चारजनाविरुद्ध मुद्दा दर्ता भएको हो।