प्रहरीले चोरी मुद्दामा फरार प्रतिवादीलाई नौ वर्पपछि पक्राउ गरेको छ ।
कुमाख गाउँपालिका– २, स्विकोटका ३६ वर्षीय मानबहादुर कुमाललाई आफ्नै घरबाट पक्राउ गरेको हो ।
जिल्ला अदालत जाजरकोटले ०७४ चैत २३ गते नाै महिना चार दिन कैद फैसला गरेको थियो ।
फैसलालगत्तै फरार भएका कुमाललाई मंगलबार बिहान आफ्नै घरबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरीक्षक तथा सूचना अधिकारी देवराज भट्टराईले जानकारी दिए । उनलाई सल्यान जिल्ला अदालत पेस गरिएको उनको भनाइ छ ।