नेपालले पनि भारतको जग्गा मिचेको रहेछ, साथीको रूपमा सीमा समस्या समाधान गर्छाैँ : प्रधानमन्त्री शाह

आइतबार, १७ जेठ, २०८३
डिजिटल संस्करण

प्रधानमन्त्री बालेन्द्र शाहले लिपुलेक, लिम्पियाधुरा क्षेत्रको सीमा विवादबारे कूटनीतिक संवादबाटै पहलको प्रयास भइरहेको बताएका छन्। आइतबार संसदमा सांसदहरूले सोधेको प्रश्नको जवाफ दिँदै उनले भारतले नेपालको मात्र होइन, नेपालले भारतको जग्गा पनि मिचेको कुरा थाहा भएको र साथीको रूपमा यस विषयको समाधान गरिने बताए। 

उनले भने, ‘तपाईंहरूलाई एउटा कुरा अचम्म लाग्छ होला, मैले पनि अस्ति एउटा कुरा प्रधानमन्त्री भएपछि थाहा पाएँ, भारतले नेपालको जग्गा मात्र होइन, नेपालले भारतको जग्गा धेरै ठाउँमा मिचेको रहेछ। यो कुराचाहिँ अस्ति भर्खर थाहा भयो। त्यही भएर दुवै देशले अध्ययन गरेर हामीले मिचेका छौँ, उहाँहरूले मिच्नुभएको छ, त्यसलाई बसेर साथीको रूपमा समाधान गर्ने सोच बनाएका छौँ ।’ 

सुझावित समाचार