राष्ट्रिय स्वतन्त्र पार्टीले पालिका अधिवेशनलाई तीव्रता दिने क्रममा लुम्बिनीका ३४ वटा पालिकामा अधिवेशन सम्पन्न गरेको छ। रास्वपाका केन्द्रीय संगठन विभाग सदस्य गोपाल घिमिरेका अनुसार प्रदेशका चारवटा उपमहानगरपालिकामध्ये तीनवटामा नेतृत्व चयन भइसकेको छ । त्यस्तै, नाै नगरपालिकाहरूमा र २२ वटा गाउँपालिकामा पनि अधिवेशन सम्पन्न भएको छ।
घिमिरेका अनुसार बिहीबारसम्ममा रुपन्देहीमा नाै, नवलपरासी पश्चिममा एक, कपिलवस्तुमा पाँच, दाङमा दुई, बाँकेमा सात, बर्दियामा चार, रोल्पामा एक, गुल्मीमा चार र पाल्पामा दुईवटा गरी ३४ वटा पालिकामा अधिवेशन सम्पन्न भएका छन् । उपमहानगरपालिकामध्ये बुटवलमा राजेन्द्र पाण्डे, तुलसीपुरमा जीवन भण्डारी र नेपालगन्जमा गुप्तबहादुर खड्का सभापतिमा चयन भएका छन् ।
१७ गतेसम्मा सबै पालिकाको अधिवेशन सम्पन्न गर्ने गरी पार्टी पंक्तिका लागि परेको केन्द्रीय संगठन विभाग सदस्य घिमिरेले बताए । संगठन अझ मजबुत पार्ने गरी पार्टी कामलाई तीव्रता दिइएको भन्दै अधिवेशनहरू उत्साहका साथ सम्पन्न भएको पनि उनले बताए ।