जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले भन्सार छली ल्याएको एक हजार ६२० थान भेपसहित आठजनालाई नियन्त्रणमा लिएको छ।
शुक्रबार भोटेकोशी गाउँपालिका– ३ गंजेखोलास्थित इलाका प्रहरी कार्यालय कोदारीबाट खटिएको प्रहरी टोलीले चीनतर्फबाट भन्सार छली ल्याउँदै गरेको भेप बरामद गरेको हो। उक्त भेपको मूल्य करिब ५६ लाख रुपैयाँ रहेको बताइएको छ।
पक्राउ पर्नेमा भोटेकोशी– ४ का ३५ वर्षीय गणेश खड्का, ४६ वर्षीय हिमाल खड्का, २४ वर्षीय विकाश विक, ४८ वर्षीय रामबहादुर विक, १७ वर्षीय विशाल रक्पाल, ३७ वर्षीय मंगलबहादुर थामी तथा बाह्रबिसे– ५ का ४२ वर्षीय कान्छा तामाङ र ३३ वर्षीय कैलाश तामाङ रहेका छन्।