ललितपुरबाट लागुऔषधसहित पाँचजना पक्राउ

शुक्रबार, १ जेठ, २०८३
डिजिटल संस्करण

प्रहरीले ललितपुरबाट लागुऔषधसहित पाँचजनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर ललितपुरमातहतकाे  सातदोबाटो वृत्तबाट खटिएको प्रहरी टोलीले ललितपुर महानगरपालिका वडा नम्बर २३ र २८ को स्थानहरूमा लागुऔषधको कारोबार भइरहेको भन्ने विशेष सूचनाको आधारमा चेकजाँच गर्दा सोही कार्यमा संलग्न पाँचजनालाई पक्राउ गरेको हो।

पक्राउ पर्नेहरूमा अनिल कुँवर, गौतम शर्मा, रोहन पोडे, अभिनव रावल र सुमन विक रहेका छन् ।

प्रहरीले उनीहरूको साथबाट ट्रामाडोल हाइड्रोक्लोराइड क्याप्सुल आइपी ६८९ क्याप्सुल, १८४ ग्राम लागुऔषध गाँजाजस्तो पदार्थ, मोबाइल ६ थान, डिजिटल तराजु दुई थान र नगद पाँच हजार, पाँच सय २५ रुपैयाँ बरामद गरेको छ ।  

सुझावित समाचार