मुक्तिनाथ विकास बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) तारा मानन्धरले पदभार ग्रहण गरेका छन्। सिइओमा नियुक्त मानन्धरले शुक्रबार पदभार ग्रहण गरेका हुन् ।
बैंकिङ तथा व्यवस्थापन क्षेत्रमा अब्बल मानन्धरले विभिन्न वाणिज्य बैंकहरूको उच्च कार्यकारी भूमिका रही कार्य गरेको अनुभव र पछिल्लो समय डिस मिडिया नेटवर्कमा प्रमुख कार्यकारी अधिकृतको रूपमा कार्य गरिरहेका थिए। उनको नेतृत्वले संस्थागत तथा रणनीतिक विकास, सुशासन तथा दिगो बैंकिङ अभ्यासलाई थप प्रभावकारी बनाउने विश्वास बैंकले लिएको जनाएकाे छ ।
नवनियुक्त प्रमुख कार्यकारी अधिकृत मानन्धरले बैंकको दीर्घकालीन लक्ष्य, उच्चस्तरीय ग्राहक सेवा, कर्मचारीहरूको उच्च मनोबल तथा सरोकारवालाहरूले राखेको विश्वासलाई अझ सुदृढ बनाउँदै बैंकलाई नयाँ उचाइमा पुर्याउने प्रतिबद्धता व्यक्त गरे ।