बर्दियामा पासोमा परेर पाटेबाघको मृत्यु

बिहिबार, ३१ बैशाख, २०८३
डिजिटल संस्करण

बर्दियामा पासोमा परेर  पाटेबाघको मृत्यु भएको छ। मधुवन नगरपालिका– १ मा रहेको भलुनी भटुवा र सोमलपुर सामुदायिक वन भएर बग्ने ओराही नदीमा पासोमा परेर वयस्क पाटेबाघकाे मृत्यु भएको हो। 

बिहीबार बिहान पाटेबाघ मृत अवस्थामा देखेपछि स्थानीयले सरोकारवाला निकायलाई खबर गरेका थिए । त्यसपछि पाटेबाघ मृत अवस्थामा रहेको स्थानमा डिभिजन वन  कार्यालय, बर्दिया राष्ट्रिय निकुञ्ज, निकुञ्जको सुरक्षामा तैनाथ नेपाली सेना र राष्ट्रिय प्रकृति संरक्षण कोषसमेत पुगेको थियो । 

खाता सबडिभिजन वन कार्यालयका वरिष्ठ वन अधिकृत टेक नेपालीले मृत पाटेबाघको मृत्यु पासोको कारणले भएको प्रारम्भिक अनुसन्धानमा देखिएको बताए । उनले भने, ‘पासो कसले थापेको भन्नेबारेमा अनुसन्धान भइरहेको  हुँदा अनुसन्धानपछि मात्र थाहा हुन्छ।’

मृत पाटेबाघको पोस्टमार्टम खाता सबडिभिजन वन कार्यालयमा भइरहेको छ भने पछिल्लो समय सामुदायिक वनमा क्षेत्रमा शंकास्पद मानिसको गतिविधिसमेत बढेको स्थानीयले जानकारी दिए ।
 

See More On

सुझावित समाचार