एकदिने निःशुल्क शिविरमा एक हजार ५५ जनाले लिए स्वास्थ्य सेवा

मंगलबार, २९ बैशाख, २०८३
डिजिटल संस्करण

मन्थली नगर अस्पतालमा भएको एकदिने निःशुल्क विशेषज्ञ स्वास्थ्य शिविरमा एक हजार ५५ जना नागरिकले स्वास्थ्य सेवा लिएका छन् । सोमबार मन्थली अस्पतालको आयोजना तथा काठमाडाै‌ं मेडिकल कलेजको समन्वयमा उक्त शिविर सञ्चालन भएको हो । गाउँमै विशेषज्ञ सहितको शिविर भएपछि आर्थिक अभावमा वर्षौँदेखि रोग पालेर बसेका बिरामीहरू उपचार लिन अस्पताल आएका थिए । शिविरमा बिहानैदेखि बिरामीहरूको भिड लागेको थियो । 

एकदिने सो शिविरमा जनरल स्वास्थ्य, स्त्री रोग, हाडजोर्नी, शल्यक्रिया, दाँत, आँखा, नाक, कान, घाँटी, बालरोग र नसासम्बन्धी रोगको परीक्षण तथा उपचारसमेत गरिएको थियो । शिविरमा उपचारका लागि आएका बिरामीहरूमध्ये २५० भन्दा बढी बिरामीले विभिन्न रोगको एकैपटक उपचार गराएको मन्थली नगर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. केशवसिं धामीले जानकारी   दिए । 

उनका अनुसार उपचार लिन आएका केही बिरामको जिल्लामा उपचार सम्भव नभएपछि थप उपचारका लागि काठमाडाैंस्थित मेडिकल कलेजमा रेफर गरिएको छ । विपन्न र आर्थिक अवस्था कमजोर भएका केही बिरामीको निःशुल्क उपचारको व्यवस्थासमेत मिलाइएको छ । रामेछापमा उपचार सम्भव नभएपछि रेफर भएर काठमाडाैं मेडिकल कलेज सिनामंगलमा जाने बिरामीलाई सो अस्पतालले उपचार गर्दा लाग्ने शुल्कमा केही सहुलियत दिँदै आएको थियो । 
    

सुझावित समाचार