बिरामीको अत्यधिक भिडका कारण अस्तव्यस्त वीर अस्पताल

सोमबार, २१ बैशाख, २०८३
डिजिटल संस्करण

वीर अस्पतालमा उपचारका लागि आउने बिरामीको अत्यधिक भिड लागेको छ। शनिबार र आइतबार लगातार बिदापछि खुलेको अस्पतालको ओपिडी सेवा लिन आउने बिरामीको थेगिनसक्नु भिड लागेको हो।

सातामा दुई दिन सार्वजनिक बिदा कायम भएपछि दैनिक ओपिडीमा आउने बिरामीको संख्या बढेको छ। बिरामीको संख्या बढे पनि सेवा प्रवाह गर्ने समय र जनशक्ति पुरानै छ। आइतबार आउने बिरामी सोमबारलाई थपिने गरेका छन्। 

सोमबार मात्रै करिब चार हजार पाँच सय बिरामी ओपिडी सेवा लिन आउने गरेका अस्पतालले जनाएको छ।

सुझावित समाचार