‘लालीबजार’को प्रदर्शनमा अल्पकालीन रोकपछि विरोध प्रदर्शनमा फिल्मकर्मी

बुधबार, १६ बैशाख, २०८३
डिजिटल संस्करण

कला, चलचित्र तथा साहित्यमा अभिव्यक्ति स्वतन्त्रताको संरक्षणको माग गर्दै कलाकर्मीहरूले माइतीघर मण्डलामा शान्तिपूर्ण विरोध प्रदर्शन गरेका छन्।

वैशाख १८ गते प्रदर्शन मिति तोकेको ‘लालीबजार’लाई २२ गतेसम्म प्रदर्शन नगर्न उच्च अदालत पाटनले अल्पकालीन अन्तरिम आदेश जारी गरेपछि कलाकर्मीहरूले हातमा कालो पट्टी बाँधेर १५ मिनेटसम्म मौन प्रदर्शन गरेका हुन्।

अदालतको आदेशले अभिव्यक्ति र कलात्मक स्वतन्त्रतामाथि गम्भीर प्रश्न उठाएको कलाकर्मीहरूले बताएका छन्। यस्ता घटना दोहोरिन नदिन र सिर्जनशील क्षेत्रको स्वतन्त्रताको रक्षा गर्न नेपाल चलचित्र निर्माता संघ, नेपाल चलचित्र संघ तथा नेपाल चलचित्र निर्देशक समाजले विरोध प्रदर्शन आयोजना गरेको हो।

सुझावित समाचार