निर्माण सुरु भएको साढे पाँच वर्षपछि ‘सिस्नेखोला–नागढुंगा’ सुरुङमार्ग सञ्चालनको अन्तिम तयारीमा छ। जापानको ऋण तथा प्राविधिक सहयोगमा २०७७ पुसदेखि निर्माण सुरु गरिएको सुरुङमार्गको भौतिक निर्माणको काम सम्पन्न भएको छ। अब पश्चिम प्रवेशद्वारमा टोल गेट निर्माण र पहिरो नियन्त्रणको काम मात्रै बाँकी छ, जुन अन्तिम चरणमा छ।
2026-04-28-05-47-11.jpeg)
2026-04-28-05-47-20.jpeg)
सुरुङमार्गकै निर्माण भने यसअघि नै सम्पन्न भइसकेको हो। परियोजना निर्माणका लागि जापानको हाज्मा एन्डो कर्पोरेशनसँग गरिएको ठेक्का सम्झौताको म्याद गत सोमबार सकिएको छ। बाँकी काम समानान्तर रूपमा गर्ने गरी निर्माण कम्पनीले परियोजना नेपाल सरकारलाई हस्तान्तरण गर्ने प्रक्रिया पनि अघि बढाइसकेको छ।
2026-04-28-05-48-58.jpeg)
2026-04-28-05-46-40.jpeg)
यसैगरी, परियोजना सञ्चालनका लागि अबको केही दिनमै चिनियाँ संलग्न जोइन्ट भेन्चर कम्पनी युक्सिन–एआरटी ठेक्का सम्झौता हुँदै छ। परियोजनालाई पाँच वर्षसम्म सञ्चालन गर्न उक्त कम्पनीलाई एक अर्ब १० करोड ४० लाख ३७ हजार रुपैयाँ ठेक्का दिने गरी १६ चैतमै आशयपत्र जारी भएको थियो। त्यसपछि ठेक्का सम्झौताको प्रक्रिया पूरा गरेर हस्ताक्षर गर्न लागिएको हो।
2026-04-28-05-48-50.jpeg)
2026-04-28-05-49-16.jpeg)
सञ्चालनको ठेक्का सम्झौता भएपछि वैशाखको अन्तिम साता सुरुङमार्गलाई परीक्षणको रूपमा खुला गरिनेछ। त्यससँगै ठेक्का प्राप्त कम्पनीलाई करिब दुई महिना सुरुङमार्ग सञ्चालनका लागि आवश्यक तालिम दिइनेछ। यसैगरी, कर्मचारी व्यवस्थापनलगायतका प्रक्रिया पूरा गरेर साउनदेखि सुरुङमार्गलाई व्यावसायिक रूपमा सञ्चालन गर्ने तयारी छ।
2026-04-28-05-49-10.jpeg)
2026-04-28-05-49-04.jpeg)
परियोजनामा मुख्यतः मुख्य र रेस्क्यु गरेर दुई सुरुङमार्ग छन्। पश्चिम धादिङको सिस्नेखोलाबाट सुरु भएको सुरुङमार्ग काठमाडौंको नागढुंगामा निस्कनेछ। नागढुंगाबाट थप साढे दुई किलोमिटर डेडिकेटेड सडक र फ्लाईओभरमार्फत सरुङमार्गलाई पृथ्वी राजमार्गको बलम्बु खण्डमा जोडिनेछ।
2026-04-28-05-46-50.jpeg)
2026-04-28-05-47-01.jpeg)