थापाथलीस्थित बागमती नदीकिनारामा रहेको अव्यवस्थित बस्ती शान्तिपूर्ण तरिकाले खाली भएसँगै ६ घरपरिवार सरकारको सम्पर्कमा पुगेका छन्।
आफूहरू घरबारविहीन भएको बताउने ६ परिवारका सदस्यलाई अहिले दशरथ रंगशालामा राखिएको प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार असिम साहले जानकारी दिएका छन् ।
रंगशालामा उनीहरूको ‘स्क्रिनिङ’ गरेर सरकारले बसोबासको प्रबन्ध मिलाउने उनले जानकारी दिए।