काठमाडौं उपत्यकामा बागमती र मनोहरा नदीकिनार अतिक्रमण गरी बनाइएका अवैध संरचना हटाउन सरकारले आज (शनिबार) देखि डोजर चलाउँदै छ । बागमती करिडोरको थापाथली, टेकु, तीनकुने र सिनामंगल तथा मनोहरा क्षेत्रमा डोजर चलाएर शनिबार र आइतबार गरी दुई दिनमा अतिक्रमित क्षेत्र खाली गराउने सरकारको तयारी छ । अहिले यस क्षेत्रका बिहानैबाट सुरक्षाकर्मी परिचालन गरिएको छ । सरकारले नदीकिनारका सुकुमवासी बस्तीमा डोजर चलाउने सूचना जारी गरेसँग थापाथली नदीकिनारका सुकुमवासी बस्तीबाट सामान सारिँदै गरेका केही दृश्यहरु :












