प्रचलित व्यवस्थाविपरीत शून्य भुक्तानीमै अर्बौँको सेयर कारोबार

बुधबार, ९ बैशाख, २०८३
डिजिटल संस्करण

धितोपत्र बोर्डको जाँचबुझमा बिचौलिया दीपक भट्ट पुँजीबजारमा कृत्रिम रूपमा सेयर मूल्य बढाउने योजनामा संलग्न रहेको देखिएको छ ।भट्टले ०८२ को ५ साउनदेखि १ चैतसम्म करिब ३ अर्ब ८० करोड रुपैयाँबराबरको सेयर खरिद गरेका छन् । करिब ९३ करोड रुपैयाँको सेयर बिक्री गरेका छन् । तर, यस अवधिभर उनले ब्रोकरलाई कत्ति पनि रकम भुक्तानी नगरेको जाँचबुझमा देखिएको छ । करिब २ अर्ब ८९ करोड रुपैयाँ उधारो अझै बाँकी रहेको देखिन्छ ।

यो अवस्था हेर्दा ब्रोकर कम्पनीले आफ्ना अन्य ग्राहकहरूको रकम प्रयोग गरेर भट्टको कारोबार राफसाफ गरेको जाँचबुझ प्रतिवेदनको ठहर छ । यसरी अन्य लगानीकर्ताको रकम ‘नेटिङ’ प्रणालीमार्फत प्रयोग गरेर अनियमितता गरेको प्रतिवेदनमा उल्लेख छ ।

See More On

सुझावित समाचार