कामना सेवाले गर्‍यो मर्चेन्ट बैंकिङका लागि सहायक कम्पनी स्थापना

शुक्रबार, २७ चैत, २०८२
डिजिटल संस्करण

कामना सेवा विकास बैंक लिमिटेडले मर्चेन्ट बैंकिङसम्बन्धी कार्य गर्न सहायक कम्पनी स्थापना गरेको छ । बैंकले आकाश क्यापिटलको संस्थापक सेयर खरिद गरी उक्त कम्पनीलाई आफ्नो सहायक कम्पनीका रूपमा सञ्चालन गर्ने भएको छ ।

कम्पनी सञ्चालन गर्न नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त गरिसकेको बैंकले जनाएको छ । यसअघि बैंक र आकाश क्यापिटलबिच संस्थापक सेयर खरिद–बिक्री गर्ने सम्झौतामा हस्ताक्षर भइसकेको छ । 

यससँगै नेपाल धितोपत्र बोर्डबाट आवश्यक अनुमति तथा दर्ता प्रक्रिया पूरा गरी मर्चेन्ट बैंकिङ सेवा सञ्चालनमा ल्याइने बैंकले जनाएको छ । यसलाई बैंकले कामना सेवा क्यापिटलका रूपमा सञ्चालन गर्ने बताएको छ । यसबाट बैंकको सेवा दायरा विस्तार हुनुका साथै नेपालको पुँजी बजारको विकासमा सकारात्मक योगदान पुग्ने बैंकले विश्वास लिएको छ ।

सुझावित समाचार