उदयपुर सिमेन्ट उद्योग सञ्चालन गर्न सांसदको माग

बिहिबार, २६ चैत, २०८२
डिजिटल संस्करण

उदयपुर क्षेत्र नम्बर १ का संघीय सांसद पारशमणि गेलालले उदयपुर सिमेन्ट उद्योग सञ्चालन गर्न माग गरेका छन्।

बुधबार प्रतिनिधिसभाको शून्य समयमा गेलालले उदयपुर सिमेन्ट उद्योग राजनीतिक खिचातानी र हस्तक्षेपले थलिएको भन्दै उक्त उद्योग सञ्चालन गरी रोजगारी सिर्जना गर्न सरकारसँग माग गरे।

कोशी कटानले बर्सेनि हजारौँ नागरिकको भविष्य बगाएकोतर्फ पनि उनले सरकारको ध्यानाकर्षण गराए।

अलपत्र पुल एवं कल्भर्ट निर्माणको काम समयमै सम्पन्न नहुँदा बालबालिकाले शिक्षा प्राप्त गर्न पनि कठिन रहेको उल्लेख गर्दै सांसद गेलालले बर्खामा नागरिक बग्नुपर्ने स्थिति रहेकाले अलपत्र निर्माण आयोजनाका लागि यसै आर्थिक वर्षमा बजेट विनियोजन गर्न माग गरे।

सुझावित समाचार