अभिकर्तालाई नेसनल लाइफको तालिम

बिहिबार, २६ चैत, २०८२
डिजिटल संस्करण

नेसनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले विभिन्न शाखा कार्यालयमा आबद्ध अभिकर्ता समूहलाई एकदिने तालिम प्रदान गरेको छ । कम्पनीले तोकिएको बिमाशुल्क संकलन गरी छनोट भएका एक सय ६० जना अभिकर्तालाई तालिम दिएको छ । यो कार्यक्रम मासिक योजना ‘मन्थन २०८२’ अन्तर्गत सञ्चालन गरिएको बताइएको छ ।

तालिममा सुदूरश्चिम र कर्णाली प्रदेशअन्तर्गतका सबै शाखा कार्यालय र लुम्बिनीअन्तर्गतका केही शाखा कार्यालयका अभिकर्ता सहभागी थिए । उनीहरूलाई प्रशिक्षक सैयद अफजल अहमदले बिमा क्षेत्र एमडिआरटी उपाधि लक्ष्य पूरा गर्ने उपायबारेमा विभिन्न उदाहरण प्रस्तुत गरेका थिए । 

कार्यक्रमको उद्घाटन कम्पनीका सहायक महाप्रबन्धक विवेक शर्माले पानसमा दीप बालेर गरेका थिए । सुदूरपश्चिम प्रदेश प्रमुख नवीनकिशोर भट्टले सहभागीलाई स्वागत गरे । यस्तै, एजेन्सी विभाग प्रमुख सुशीलप्रताप राणाले अभिकर्तालाई आफ्नो पेसामा उत्कृष्टता हासिल गर्न कम्पनीले विभिन्न योजनामार्फत प्रशिक्षण प्रदान गर्दै आइरहेको बताए । 

यसैगरी, कार्यक्रममा विभिन्न शाखामा रही उत्कृष्ट कार्य गरी शाखास्तरीय प्रथम, द्वितीय र तृतीय हुने अभिकर्तालाई शर्माले मायाको चिनो प्रदान गरेका थिए । 

सुझावित समाचार