पूर्वमन्त्री खड्का र एमाले प्रदेश सांसद शर्मालाई छोड्न माग गर्दै सर्वोच्चमा रिट

मंगलबार, १७ चैत, २०८२
डिजिटल संस्करण

पूर्वमन्त्री एवं कांग्रेस नेता दीपक खड्का र एमालेकी लुम्बिनी प्रदेश सांसद रेखाकुमारी शर्मालाई छोड्न माग गर्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट निवेदन दर्ता भएको छ।

खड्काको हकमा उनकी श्रीमती बिनिता र शर्माको हकमा चिन्तामणि शर्माले बन्दी प्रत्यक्षीकरणको रिट निवेदन दर्ता गराएका हुन्।

खड्कालाई सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा सिआइबीले आइतबार बिहान पक्राउ गरेको हो। शर्मा भने बालिकालाई घरेलु श्रमिक बनाएर राखेको र कुटपिट गरेको कसुरमा आइतबार बेलुकी पक्राउ परेकी हुन्।

सुझावित समाचार