काठमाडौंका यातायात कार्यालयहरूबाट प्रहरीले १६ बिचौलियालाई पक्राउ गरेको छ। प्रहरीले मंगलबार यातायात कार्यालय सानोभर्याङबाट आठजना र गुर्जुधाराबाट आठजनालाई नियन्त्रणमा लिएको हो।
सवारी दर्ता किताब (बिलबुक) नवीकरण गरिदिने भन्दै सेवाग्राहीलाई अनावश्यक दुःख दिएको सूचनाका आधारमा खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो। एक लाख २२ हजार नगद र ५३ थान बिलबुकसहित उनीहरूलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान थालेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।
यी हुन् पक्राउ पर्नेहरू :
