प्रधानमन्त्रीमा नियुक्त भएका बालेन्द्र शाह (बालेन)ले पद तथा गोपनीयताको शपथ लिएका छन्। राष्ट्रपति रामचन्द्र पौडेलबाट उनले शपथ लिएका हुन्।
साइतअनुसार १२ः३४ मा उनले शपथ लिएका हुन्।
शपथग्रहण कार्यक्रममा १०८ बटुकबाट स्वस्तिशान्ति वाचन र १६ बौद्ध भिक्षुबाट अष्टमंगल पाठ गरिएको थियो।